काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरु फोहोर सफा गर्नका लागि पोखरीमा पसेको महामन्त्री थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरु फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताए ।
अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गरे । उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको बताए । नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गरे । सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने जानकारी दिए । उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको बताए ।
प्रतिक्रिया दिनुहोस्