Skip to content
Shikhar Insurance
National Life

सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार्छौं: मन्त्री गुरुङ

Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् । मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराउँदै मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताए । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानून मान्नैपर्ने बताए ।

मन्त्री गुरुङले भने, ‘तपाईंहरु सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरु खण्डन हुनसक्छ । खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला । त्यो हामी सहस्र स्वीकार्न तयार छौँ । बिरोधका लागि बिरोध गर्ने भाष्य विकास भइरहेको छ । त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ । मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ । यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरु छन् । त्यसको प्रयोग जसले गरिरहेको छ । त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानून मान्नुपर्ने की नपर्ने ? तपाईंहरु सबैले नेपालको कानून मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ । राष्ट्रपतिज्युले मान्नुपर्छ । अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा । त्यसको पक्षमा हामी किन लागिरहेका छौँ । त्यसको नियमन जरुरी छ ।’

मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने बताउँदै साइबर क्राइम नियन्त्रण गर्नेकुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्