Skip to content
Shikhar Insurance
National Life

भिजिट भिसा प्रकरण: माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने विरोध जनाएन ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही शुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायम छ । संसदमा सभामुख घिमिरेले संसदमाबोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्