Skip to content
Shikhar Insurance
National Life

गणतन्त्रवादीहरुले पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने उपाध्यक्ष तामाङको चेतावनी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरुले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् । मंगलबार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् ।

उनले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गरे । उनले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा।धवल समशेर जवरा जस्तै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पनि मुद्दा चलाउनुपर्ने तर्क गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद तामाङले भने, ‘म सरकारलाई भन्न चाहन्छु, यदि तपाईहरुले यसरि नै पेल्न थाल्यौ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विधिवत रुपमा सम्मेलन गरेर यो चुनावी प्रक्रिया छोडेर विद्रोहको राजनीति शुरु गर्छौं भन्ने कुरा म भन्न चाहन्छु ।’

उनले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीलाई काम गर्ने मान्छे मन नपर्ने बताउँदै अहिले मुलुक सेटिङ र विचौलियामार्फत चलिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE