Shikhar Insurance
National Life

वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टर र विमान ठोक्किएर दुर्घटना,  १८ जनाको शव फेला

सिंहदरबार संवाददाता
२०८१ माघ १७, बिहीबार १४:००
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्।

घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् । रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ,,“तत्कालका लागि सबै उडान स्थगित गरिएको छ ।” एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो ।

हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए । हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भन्नुभएको छ, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।” उनले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भन्नुभएको छ, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्