Shikhar Insurance
National Life

एमसीसी रोक्ने अमेरिकी निर्णय, नेपाललाई पठायो पत्र

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकाले एमसीसी परियोजना रोक्ने निर्णय गरेको छ अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकारलाई एमसीसीको सहयोग रोकिएको जानकारी गराएको हो ।

नेपाल सरकार र एमसीसीबिच सम्वत् २०७४ भदौ २९ मा एमसीसी सम्झौता भएको थियो ।  एमसीसी अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित कोषबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको हो ।  “अमेरिकी राष्ट्रपतिको जनवरी २०,२०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।” अर्थ मन्त्रालयले भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमसीसी अन्तर्गत नेपालामा क्रस बोर्डर ट्रान्समिसन लाइन र सडक सुधार आयोजना संचालनमा छन् । करिब ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी अनुदान सहायता परियोजना सम्बन्धि सम्झौता संसदबाट अनुमोदन गराउदा राजनीतिक दलहरुबिच एकमत नदेखिएपछी ब्याख्यात्मक घोषणा गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्