Skip to content
Shikhar Insurance
National Life

सांसद ज्वालाको टिप्पणी- ‘शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरे’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गणेशमानको नाममा करिव ५७ करोड बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले उत्पादनमूलक र युवाहरूलाई रोजगारी दिने कार्यक्रममा नभई अनुत्पादक संरचनाहरू बनाउने नाममा प्रकाशमानले गणेशमानको बदनाम गरेको बताए ।

उनले मन्त्री सिंहले सबैले सम्मान गर्ने गणेशमान र मङ्गलादेवीको अपमान गरेको बताउँदै रोष्टमबाट माफी माग्न समेत आग्रह गरे । उनले शहरी विकास मन्त्रालयले परिभाषा अनुसारको काम नगरेको आरोप लगाउँदै आफ्ना रुचि, आसेपासे र वरिपरिका मान्छेका लागि विभिन्न शीर्षकमा योजनाहरू थुपारिएको बताए ।

उनले सहरी विकास मन्त्रालय भरौटेहरूलाई पाल्ने र विचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको भन्दै ज्यादती र बेथिति भइरहेको जिकिर गरे ।

उनले भने, ‘आज सहरी विकास मन्त्रालयको पनि विषय रहेछ । परिभाषा अनुसारकै काम गरिरहेको छैन सहरी विकास मन्त्रालयले । आफ्ना रुचिका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरिका मान्छेहरूका लागि कहाँ–कहाँबाट घुमाएर पैसा हाल्न सकिन्छ, जुन सुकै शीर्षकमा पनि योजनाहरू थुपारेर आफ्ना भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको छ, सहरी विकास मन्त्रालय ।’

‘यस्तो खालको ज्यादती, बेथिति, यसको पनि एउटा हद हुन्छ नि । माननीय मन्त्री ज्यू सिनियर हुनुहुन्छ, के गर्नुभएको ? गणेशमानको नाममा करिब ५७ करोड बजेट ? कुनै उत्पादनमूलक काममा होइन, युवाहरूलाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदमान गर्नुभयो तपाईँले । तपाईँ माग्नुस्, यो रोष्टमबाट । गणेशमानलाई सबैले सम्मान गर्छन्, तपाईँले अपमान गर्नुभयो । मङ्गलादेवीलाई तपाईँले अपमान गर्नुभयो’ उनले भने ।

उनले स्वर्गीय पुष्पलालको नाममा ७० लाख विनियोजन गरेर शहरी विकास मन्त्रीले काठमाडौंमा गाई जात्रा गरेको टिप्पणी समेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE