काठमाडौं । अपर हुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियम आयोगमा निवेदन दिने निर्णय गरेको हो ।
कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लागानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निमार्ण गर्दा लागेको ऋण तिर्नका लागि निष्कासन गर्न लागेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्