Skip to content
Shikhar Insurance
National Life

उपेन्द्र यादवको पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Hyundai
NCELL
NIMB

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बजेटमा सुशासन र समावेशिता नभएको, सरकार नै असफल भएको निष्कर्षसहित जसपा नेपालले प्रदेश सरकारलाई समर्थन कायम राख्नुको औचित्य सकिएको भन्दै समर्थन फिर्ता लिईएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् ।

लुम्बिनीमा जसपा नेपालको तर्फबाट काफ्ले एक जना मात्रै सांसद छिन् । अन्य सांसदहरु भने अशोक राईले विभाजन गरेको जसपामा गएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझाईसकेको छ ।

केन्द्रमा पनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । जसपा नेपालकै कारण राष्ट्रिय सभा बजेट पास हुने सम्भावना न्युन बन्दै गएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE