काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवकोे सोही अवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले समीक्षा अवधिसम्म ४४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीले १ अर्ब १२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १४ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीले पुनर्बीमा मार्फत ६८ करोड ३ लाख रुपैयाँ खर्चिएको छ भने कम्पनीको महाविपत्ति कोषमा ४ करोड ५० लाख रुपैयाँ रहेको छ । २ अर्ब १० करोड रुपैयाँ सेयर पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा १६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा, पीई रेसियो ९५.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.६० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्