काठमाडौं । राजावादी प्रदर्शनकारीहरुले नेकपा(एकिकृत समाववादी) पार्टीको कार्यालय तोडफोड गरेका छन् । तिनकुनेको सभा बिथोलिएपछि उनीहरुले नजिकै रहेको एकिकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका हुन् । पार्टी कार्यालयको गेट फोडेर भित्रि छिरेका उनीहरुले केहि टेबुल र कुर्सीहरु बाहिर ल्याएर आगजनी गरेका छन् । पार्टी कार्यालयका शिशाहरुले फुटाईदिएका छन् ।
त्यस्तै, राजावादीहरुको एउटा समुह माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडा पुगेका छन् । उनीहरु माओवादी पार्टीको केन्द्रिय कार्यालयमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
स्थानीय प्रशासनले भने केहि बेरमै तिनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्