Skip to content
Shikhar Insurance
National Life

संसदीय समितिमा एमालेको प्रश्न: ‘पीएसओ सबैसँग किन ? चौकी खाली छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबैसँग पीएसओ भएको बताउँदै प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेको बताउँदै दौरा शुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे । उनले पूर्व तथा नि:वर्तमान प्रहरीका आइजिपी र एआइजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै आपत्ति जनाए ।

उनले सेवा निवृत्त भएका प्रहरी अधिकारीले पनि पीएसओ राख्ने व्यवस्था लोकतन्त्रको खिलाफमा रहेको बताए । उनले आफूहरूले जनतालाई सुशासन दिनुपर्ने बताउँदै जनताले देख्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘गृहमन्त्रीज्युलाई मेरो एउटा निवेदन गर्न पर्‍यो । यो पीएसओ भनेको के हो मैले बुझिन । सबैसँग छ अहिले हेर्नुस् । सबैले पुलिस लिएर कुदेको कुद्यै छ । चौकी खाली छ । के भएर यस्तो भएको हो ? सबै मान्छेसँग पीएसओ । जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ । यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आइजिपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ । यसो गर्नु हुँदैन । यो लोकतन्त्रको खिलाफमा छ । जनतालाई हामीले सुशासन दिने हो । जनताले देख्ने गरी काम गर्नुपर्‍यो ।’

उनले प्रहरीहरूले सांसदको लोगो लगाउँदा पनि नचिनेको भन्दै गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE