Shikhar Insurance
National Life

एमाले सांसद गैरे भन्छन्- ‘पूर्वराजा शाहले प्रजातन्त्रप्रति बिष वमन गरे’

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति बिषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको समेत आरोप लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर समेत गरे । उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए ।

उनले भने, ‘फागुन ७ गते पूर्वराजाले नेपालका शहीदहरु, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने शहीदहरुप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति बिष वमन गर्ने कोशिस गरे । जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तनलगत्तै २०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काईबक्सियोस् ।’

‘आँखा नझिम्काईबक्सियोस् । संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोशिस भयो । भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन् । राजाले ज्ञानेन्द्रले संविधान उल्लङघन गर्ने कोषिश गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे । निरङ्कुशता लाद्ने र दलहरुलाई बन्दे लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो’ उनले भने ।

उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्