काठमाडौं । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको उनको टिप्पणी छ । बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद भट्टराईको भनाइ छ ।
उनले भने, ‘नेपाली जनताले यो बजेटलाई सकारात्मक रुपमै लिएका छन् । यो बजेट कार्यान्वयन हुनेगरी आएको छ । अहिलेसम्मका बजेटहरु छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर त्यो कार्यान्वयन नहुने जुन अवस्था थियो अहिले त्यस्तो छैन । शिक्षाको क्षेत्रमा व्यापक सुधारको कार्यक्रम अगाडि सारिएका छन् । विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने नीति सरकारले लिएको छ । बजेटले नेपालको मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीहरु आकर्षित हुने अवस्था छ ।’
विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने सरकारको योजना स्वागतयोग्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्