Shikhar Insurance
National Life

युक्रेनी खनिजमा  अमेरिका, युरोप, रुसको ध्यान, खर्बौ डलरको लिथियम सहित यस्ता छन् महँगा प्राकृतिक स्रोतहरु

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार ०९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको विवादपछि किएभ र वासिङ्टनले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूमा पहुँच दिने सम्झौतामा सहमति जनाएका छन् । ठ्याक्कै कति रकम जोखिममा छ ? के यो सम्झौताले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्नेछ ? भन्नेबारे सम्झौताका महत्त्वपूर्ण विवरणहरू अझै अस्पष्ट छन् । यस हप्ता वासिङ्टनमा ट्रम्प र जेलेन्स्कीद्वारा हस्ताक्षर गर्न अनुमान गरिएको छ ।

राष्ट्रपति ट्रम्पले रुससँग युद्ध लड्न अमेरिकाले दिएको आर्थिक सहायताको ५ खर्ब अमेरिकी डलर बराबरको प्राकृतिक स्रोत दिनुपर्ने बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्रम्पले सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि तीन वर्षमा अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा भुक्तान गरिएको अमेरिकी सहायताको क्षतिपूर्ति माग गरेका छन् । जर्मन आर्थिक अनुसन्धान निकाय किल इन्स्टिच्युटका अनुसार ट्रम्पले पाँच खर्ब डलर क्षतिपूर्ति मागेका छन् । यो हाल एक खर्ब २० अर्ब डलर बराबरको वासिङ्टनले युक्रेनलाई भुक्तान गरेको रकमको करिब चार गुणा हो ।

जेलेन्स्कीले युक्रेनीहरूको ‘दश पुस्ता’ ले तिर्न पर्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने भन्दै यो मस्यौदालाई अस्वीकार गरेका थिए । सम्झौताबारे जानकारी भएको किएभको एक स्रोतले एएफपीलाई पछि बताएअनुसार दस्तावेजको सबैभन्दा हालको मस्यौदाबाट यो माग हटाइएको छ । यद्यपि यसले संयुक्त राज्य अमेरिका र युक्रेनले संयुक्त अमेरिकी–युक्रेनी कोषमा राजस्व परिवर्तन गरी एकसाथ खनिज स्रोतहरू विकास गर्नुपर्छ भन्ने सङ्केत गर्दछ ।

“उनीहरूले हामीलाई नसुहाउने विशेष गरी पाँच खर्ब डलरका बारेमासहित सबै खण्डहरू हटाए”, युक्रेनी स्रोतले भन्यो ।

सुरक्षामा अस्पष्ट

युक्रेन कुनै पनि सम्झौतामा दीर्घकालीन र बलियो सुरक्षा ग्यारेन्टीहरू समावेश गर्नुपर्दछ जसले रसियालाई फेरि कहिल्यै आक्रमण गर्नबाट रोक्न मद्दत गर्दछ भन्ने कुरामा अडिग छ । जेलेन्स्कीले गत वर्ष अक्टोबरमा आफ्नो पाँच–बुँदे विजय योजनाको हिस्साका रूपमा युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँचलाई सुरक्षा प्रतिबद्धताका लागि आदान–प्रदान गर्ने विचार अघि सारेका थिए । यसका लागि युक्रेन अन्ततः नाटो सदस्यता चाहन्छ । तर त्यो विकल्पलाई – क्रेमलिनका लागि रेड लाइन – वासिङ्टनले रोकेको छ ।

युक्रेनले युद्धविराम भएको खण्डमा विदेशी शान्ति सैनिकहरू तैनाथ गर्न वकालत गरेको छ । तर संयुक्त राज्य अमेरिकाले यो विकल्पलाई अस्वीकार गरेको छ भने युरोपेली देशहरू यस मुद्दामा विभाजित छन् । खनिजहरूको सम्झौताको पाठमा ठोस ग्यारेन्टीबिना युक्रेनी सुरक्षाको सन्दर्भ समावेश हुनसक्छ । युक्रेनी स्रोतले एएफपीलाई बताए अनुसार यस विन्दुमा छलफलहरू अझै जारी छन् । “अमेरिकाले स्थिर र समृद्ध सार्वभौम युक्रेनमा लगानी गर्नेछ भन्ने एउटा सामान्य धारा छ”, त्यहाँ ‘स्थायी शान्ति’ र ‘सुरक्षा ग्यारेन्टी’ का लागि अमेरिकी समर्थनको उल्लेख गरिएको भन्दै स्रोतले भन्यो ।

युक्रेनसँग यस्ता छन् महँगा खनिजहरू 

युक्रेनसँग विश्वको खनिज स्रोतहरूको लगभग पाँच प्रतिशत छ । तर ती सबै अहिलेसम्म उत्खनन् गरिएका छैनन्  । सजिलैसँग उत्खनन् गर्न सकिने पनि छैनन् । केही रुसद्वारा कब्जा गरिएको क्षेत्रमा छन् । यसलाई ट्रम्प सुरक्षित गर्न चाहन्छन् । वल्र्ड माइनिङ डाटाका अनुसार युक्रेन म्याङ्गनिजको उल्लेखनीय उत्पादक (विश्वको आठौँ ठूलो उत्पादक), टाइटानियम (११औँ) र ग्रेफाइट (१४औँ) हो । यी खनिज तत्व विद्युतीय ब्याट्रीहरूका लागि अत्यावश्यक छन् । फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बिआरजिएम) का अनुसार युक्रेनसँग विश्वको ग्रेफाइटको अनुमानित स्रोतहरूको २० प्रतिशत छ ।

युक्रेनले ‘युरोपको सबैभन्दा ठूलो लिथियम भण्डारहरू मध्ये एक’ भएको पनि बताएको छ । तर नरम धातु अझै ननिकालिएको सरकारले बताएको छ । किएभका अनुसार ‘छ वटा भण्डारमा दुर्लभ पृथ्वी धातुहरू अवस्थित रहेको थाहा छ’ र नोभोपोल्टाभस्के भण्डार विकास गर्न ३० करोड डलरको लगानी आवश्यक पर्नेछ ।

युक्रेनले नोभोपोल्टाभस्के भण्डार विश्वका सबैभन्दा ठूला मध्ये एक भएको दाबी गरेको छ । यद्यपि यो स्थल रूसी सेनाद्वारा नियन्त्रित छ र क्रेमलिनले सन् २०२२ देखि कब्जा गरेको क्षेत्र वा सन् २०१४ मा कब्जा गरिएको क्रिमियन प्रायद्वीपलाई अस्वीकार गरेको छ । यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी–कब्जा क्षेत्रहरूमा अमेरिकी लगानीलाई समर्थन गर्ने बताएका छन् ।

लिथियम, ट्यान्टालम, नियोबियम र बेरिलियमको सेभचेन्को भण्डार पोक्रोभस्क नजिकै अग्रिम मोर्चाबाट १० किलोमिटरभन्दा कम दूरीमा छ । त्यहाँ रूसी सेनाले हतियार र सेनाको सङ्ख्यामा कम रहेका युक्रेनी सेनाहरू विरुद्ध जमिन प्राप्त गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्