Skip to content
Shikhar Insurance
National Life

कपिलवस्तुमा कारको ठक्करबाट २ महिलाको मृत्यु

Hyundai
NCELL
NIMB

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रात: भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्