Skip to content
Shikhar Insurance
National Life

नगरकोटमा दुई दिने सहकारी पत्रकारिता तालिम सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि दुई दिने सहकारी पत्रकारिता तालिम सुरु गरेको हो ।

समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा सुरु भएको प्रशिक्षण कार्यक्रममा सहकारीको सैद्धान्तिक एवं कानूनी आधार, कार्यान्वयन तथा व्यवहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषयमा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण गर्नेछन् ।

शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसन अन्तर्गत सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्साल र दोस्रो सेसन अन्तर्गत समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले प्रशिक्षण प्रदान गरेका छन् । लम्सालले सहकारीको सैद्धान्तिक तथा कानूनी आधार र त्यसको कार्यान्वयन तथा व्यवहारिक पक्षको विषयमा प्रशिक्षण दिएका थिए । उनले सहकारी विभागले हाल गर्दै आएका काम कारवाही विभिन्न कानूनी अड्चनसँगै सहकारीको वर्तमान स्थिति र सहकारीमा सम्पत्ति सुद्धिकरण लगायत विषयमा सहभागी हरूलाइ  प्रशिक्षित गरेका छन् ।

यस्तै, सहकारी पत्रकारिताको सम्भावना, भूमिका र चुनौतीको विषयमा प्रशिक्षण दिँदै हुमागाईंले पत्रकार र सञ्चार माध्यमले सहकारी बिटलाई दिने प्राथमिकता, यसको दायरा तथा सीमा, समाचारका विषयवस्तु र अवसरका विषयमा पनि जानकारी गराएका छन् ।

यस्तै, शनिबार आर्थिक पत्रकारिताका विषयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का निवर्तमान अध्यक्ष मोदनाथ ढकालले प्रशिक्षण दिनेछन् भने नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन, सहकारीमा राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण लगायतका विषयमा राष्ट्र बैंकका निर्देशक इन्द्रा चाैलागाँइले प्रशिक्षण दिनेछिन् ।

सीजेएनले विभागको सहकार्यमा आफ्ना सदस्यहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि हरेक वर्ष प्रशिक्षण तथा.तालिम आयोजना गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्