Shikhar Insurance
National Life

भाटभटेनी सुपरमार्केटको प्यान दुरूपयाेग गर्ने दुई जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । भाटभटेनी सुपरमार्केटको स्थायी लेखा नम्बर ‍(प्यान) को दुरुपयोग गरि  गरी भाटभटेनी सुपरमार्केटको कर विबरण बदलेर तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे हुन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ पर्नेमाथी भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विद्युतीय कसूर गरेको आरोप छ ।

उनिहरुले आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा पहुँच पुर्याएर भाटभटेनी सुपरमार्केटका कारोबारका तथ्याङ्कलाई हेरफेर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ प्रतिवादी सन्तोष पराजुली समेतले आन्तरिक राजस्व कार्यालयको एकिकृत कर प्रणालीमा गएर भाटभटेनी सुपरमार्केटको कर ६ करोड २६ लाख ९४ हजारलाई बढाएर १३ करोड ९ लाख ५९ हजार बनाएका थिए ।

एकीकृत कर प्रणालीमा अनधिकृत पहुँचबाट सूचनामा परिवर्तन गरी गलत तथ्याङ्क राखेर राज्यको आधिकारिक कम्प्युटर प्रणालीमा हेरफेर गरेको प्रमाणीत भएको प्रहरीले जनाएको छ ।

यस घटनामा थप अनुसन्धान जारी रहेको समेत प्रहरीले जनाएको छ।

यस्तो थियो घटनाक्रम

भाटभटेनी सुपरमार्केटको दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ कारोबारको राजश्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ तिर्नुपर्ने थियो। तर त्यो रकमलाई उनीहरूले प्रणालीमा पहुँच पुर्‍याएर हेरफेर गरिदिए। उक्त राजश्वको दायित्वलाई बढाएर उनीहरूले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढाइदिएका थिए ।

पुस २५ गतेसम्ममा यो कर दायित्वको घोषणा गर्नुपर्ने थियो । भाटभटेनीका कर्मचारीले आफ्नो प्रणालीमा लगइन गर्न खोजेका थिए। तर त्यतिबेला कर्मचारीले खोल्न सकेनन्।

त्यसपछि कर्मचारीहरू आन्तरिक राजश्व विभाग अन्तर्गतको कार्यालयमा पुगे । त्यहाँ पुगेपछि भने उनीहरूले यस घटनाबारे थाहा पाए ।

उनीहरूले त्यहाँ पुगेपछि कर दायित्व हाल्न खोज्दा नमिलेको भनेपछि पहिल्यै हालिसकेको थाहा पाएका थिए। इन्ट्री भएको हेर्दा ६ करोडको सट्टामा १३ करोड राखिएको थाहा पाए ।

यसरी आफूहरूले इन्ट्री नगरेको र कारोबार भएको भन्दा बढी देखाइएको भन्दै तत्कालै निवेदन दिएर कर दायित्व परिवर्तन गरिएको थियो ।

करको दर हेरफेर गरेको भन्दै आन्तरिक राजस्व विभागले सीआईबीलाई २५ पुसमा पत्र लेखेर अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्