Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारीको प्रलोभन देखाई ४२ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । वैदेशिक रोजगारीको सपना देखाइ बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी आर्थिक ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरुलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा रामेछाप मन्थली घर भइ काठमाडौंको दक्षिणकाली बस्दै आएकी ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी घर भइ काठमाडौं गोंगबु बस्दै आएका ३४ वर्षीय मोहन पोख्रेल रहेका छन् ।

उनीहरूले यूके र पोल्याण्ड लगायतका देशहरूमा आकर्षक तलबको प्रलोभन देखाई रोजगारीको नाममा झुक्याउँदै पीडितहरूबाट ठूलो रकम असुल गरेका थिए । पक्राउ परेका बरुवालको विगो रकम ३२ लाख ३५ हजार रुपैयाँ रहेका छन् भने उनीबाट ७ जना व्यक्तिहरु पीडित भएका छन् ।

त्यसैगरी, पक्राउ परेका पोख्रेलको विगो रकम १० लाख रुपैयाँ रहेको छ । पोख्रेलबाट १ जना पीडित छन् ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्