Skip to content
Shikhar Insurance
National Life

टीभीएस र जगदम्बा मोटर्सले १ सय रूख रोप्दै मनाए विश्व वातावरण दिवस

Hyundai
NCELL
NIMB

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ ।

लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र बुढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङ, चौकीडाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो । यस वृक्षारोपण कार्यक्रमले अर्को ऐतिहासिक उपलब्धि पनि चिन्हित गर्‍यो ।

टीभीएस आईक्यूब प्रयोगकर्ताहरूले नेपालमा संयुक्त रूपमा ५० लाख किलोमिटरको यात्रा पूरा गरेका छन् । यस दिगो अभियानले १.४ लाख लिटर इन्धन बचत (जसको मूल्य २ करोड २० लाख) गर्न सफल भएको छ र यसबाट ३५० टन ऋइ₂ उत्सर्जनमा कमी आएको छ, जुन १५,००० वटा रूख रोपिएको बराबर वातावरणीय प्रभाव हो।

टीभीएस मोटर कम्पनीका ईभी तथा अन्तर्राष्ट्रिय व्यापार विभागका उपाध्यक्ष मधु प्रकाश सिंहले भने, ‘नेपालमा टीभीएस आईक्यूबको यात्रा अविश्वसनीय रह्यो। हाम्रा ग्राहकहरूले संयुक्त रूपमा ५० लाख किलोमिटर यात्रा तय गरेका छन्, जुन वातावरणमैत्री प्रवृत्तिप्रति उनीहरूको प्रतिबद्धताको संकेत हो। हामी सबै ग्राहक, जगदम्बा मोटर्स र स्वयंसेवकहरूलाई यो सफल कार्यक्रमका लागि आभार प्रकट गर्छौं। यो अभियान स(साना दैनिक व्यवहारबाट हरित भविष्य निर्माण गर्ने सोचको मूर्त रूप हो। टीभीएस आईक्यूब स्मार्ट मात्र होइन, दिगो र ऊर्जा-किफायती सवारी समाधान पनि हो ।’

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हाम्रा ग्राहकहरू हरित भविष्यमा योगदान दिन उत्साहित हुनु निकै प्रेरणादायी कुरा हो। टीभीएस आईक्यूबले नेपालका वातावरणप्रेमी सवारी चालकहरूसँग बलियो सम्बन्ध बनाएको छ। आजको यो पहलले हाम्रो दिगोपनको प्रतिबद्धतालाई अझ प्रगाढ बनाउँछ र सफा वातावरण निर्माणमा समुदायको भूमिकालाई सम्मान गर्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्