Skip to content
Shikhar Insurance
National Life

टेक एण्ड पेका नाममा व्यापारीसँग पैसा उठाउन खोजिँदैछ: सांसद शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले टेक एण्ड पेका नाममा व्यापारीहरुसँग पैसा उठाउन खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले भने–यहाँ एउटा हल्ला चलिरहेको छ, टेक एण्ड पे भन्ने व्यापारीहरुसँग पैसा उठाउने अनि परिवर्तन गर्ने । यो हो डिजाइन भनिएको छ, म भन्दिन डिजाइन के हो भनेर ।’

उनले अहिलेका अर्थमन्त्री र प्रधानमन्त्री प्रति आफ्नो अविश्वास नरहेको तर घट्नाक्रमहरुले गम्भिर संकेत गरेको आरोप पनि लगाए । ‘मैले अघि पनि भनि सकेँ, अहिलेका अर्थमन्त्री प्रति, अहिलेको सरकार प्रति, अहिलेका प्रधानमन्त्री प्रति, उहाँहरुको निष्ठा र आस्था प्रति, उहाँहरुको स्वच्छता प्रति मेरो शंका छैन् । हामीले शंका गर्नु पनि नपरोस् । तर असार मसान्त कटेर व्यापारीहरुसँग बजारमा पैसा उठाएर परिवर्तन गर्ने चेष्ठा गरियो भने यहि सदनमा सुरु गर्नेछौं हामी यो कुरा । हामी उठाउँछौं यहिँ घनभूति हिसाबले ।’

सांसद शर्माले असार मसान्त अघि नै टेक एण्ड पेको नयाँ प्रस्तावित व्यवस्था संसोधन गर्न आग्रह पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE