एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले यमनको हुथी समूह विरुद्ध हमला रोक्ने बताएका छन् । लगभग दुई महिनाको बम विष्फोट अभियान पछि ट्रम्पले यस्तो बताएका हुन् ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको बैठकअघि ट्रम्पले आक्रमण तत्काल रोक्ने बताउँदै सोमबार राति हुथीहरूले प्रशासनलाई सम्पर्क गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी केन्द्रिय कमाण्डकाअनुसार सेनाले मार्चदेखि यमनमा कम्तिमा ८ सय निशानाहरूमा प्रहार गरेको छ । सयौं हुथीहरूलाई मारेको छ ।
प्रतिक्रिया दिनुहोस्