Skip to content
Shikhar Insurance
National Life

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागले गर्याे दर्शनाचार्य तथा विद्यावारिधिका विद्यार्थीहरूलाई स्वागत

Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि र वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा यस विभागका संस्थापक प्रमुख प्रा.डा. खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे ।

यो विषय किन देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्त्वपूर्ण छ भन्ने कुरा प्रष्ट्याए । सोही अवसरमा उक्त केन्द्रीय विभागको दर्शनाचार्य र विद्यावारिधि कार्यक्रमका लागि सह प्राध्यापक डा. रमेश पौडेललाई संयोजकका रूपमा स्वागत समेत गरे ।

विभागीय प्रमुख अपेक्षा शाहले पनि विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डाक्टर पौडेललाई स्वागत गरेकी थिइन् । विभागमा अध्यापनरथ प्राध्यापकहरले आफ्नो आफ्नो विषयको संक्षिप्त जानकारी पनि प्रस्तुत गरेका थिए ।

डा. रमेश पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता जाहेर गरे भने अनुसन्धानत्मक अध्ययनका लागि कसरी अगाडि बढ्न सकिन्छ र यसको महत्त्व के हो भन्ने बारेमा प्रष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्