काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने एलआइसी नेपाल इन्स्योरेन्सले १४ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यसैगरी, मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लायफले ३ अर्ब ८ करोड रुपैयाँ, रिलायबल नेपालले ३ अर्ब ६९ करोेड रुपैयाँ, सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ७ अर्ब ६५ करोेड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोेड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्