Shikhar Insurance
National Life

७ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ९५ अर्ब माथि, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९५ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरुले माघ महिनासम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको ७ महिनामा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले यस अवधिमा २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ महिनामा कुल ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ९ अर्ब ९० करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ ।

बीमा प्राधिकराण्ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ७ महिनामा सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्