काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा जीवन लघुबीमा कम्पनीहरुले ७२ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणल सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तससम्ममा लघुबीमा कम्पनीहरुले ७२ करोड ४६ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । फागुन मसान्तसम्ममा कम्पनीले २८ करोड ५ लाख रुपैयाँ कुन बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, समिक्षा अवधिमा क्रेष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्