काठमाडौं । चालु आवको सात महिनामा नेपाल सरकारको कुल खर्च ७५४ अर्ब ८५ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ५२२ अर्ब ६३ करोड, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च १६३ अर्ब ८१ करोड रहेको छ ।
नेपाल राष्ट् बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत० ६४२ अर्ब ८५ करोड पुगेको छ ।
यस अन्तर्गत कर राजस्व ५६५ अर्ब ६४ करोड र गैर कर राजस्व ७७ अर्ब २१ करोड परिचालन भएको छ । त्यस्तै, २०८१ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३५० अर्ब ७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।
२०८१ असार मसान्तमा यस्तो मौज्दात ८३ अर्ब ९९ करोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्