Skip to content
Shikhar Insurance
National Life

कुल विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड डलर, १७ महिनाको आयात धान्न पुग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवकोे १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वृद्धि भई २०८२ वैशाख मसान्तमा २५१२ अर्ब ९५ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई रु.२२११ अर्ब ११ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई रु.३०१ अर्ब ८३ करोड कायम भएको छ ।

२०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाइमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ ।

शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । नेपाल सरकारको खर्च ११५७ अर्ब ८९ करोड र राजस्व परिचालन ९२२ अर्ब ४३ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६।२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाांको वृद्धिदर ८.४ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE