Skip to content
Shikhar Insurance
National Life

युरोपेली शीर्ष नेताहरुको युक्रेन भ्रमण, रसियालाई जित्न नदिने प्रतिबद्धता

Hyundai
NCELL
NIMB

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गरेका छन् ।

यो भ्रमण युक्रेनमा रूसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेनप्रतिको दृढ समर्थनलाई स्पष्ट रूपमा उजागर गर्दछ । नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग उच्चस्तरीय छलफल गर्दै रूससँग तुरुन्त र बिना सर्त ३० दिने युद्धविरामको आह्वान गरेका छन् ।

उनहरूले दिगो शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। जसले युक्रेनको सार्वभौमिकता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नेछ । उक्त अवसरमा, नेताहरूले संयुक्त राष्ट्रसङ्घीय ढाँचामा आधारित दीर्घकालीन शान्ति प्रक्रियाको आवश्यकता औंल्याउँदै, युद्धविरामको विश्वसनीय कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन् ।

साथै, उहाँहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ३० दिने युद्धविराम पहलप्रति समेत समर्थन व्यक्त गरेका छन् । यो उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा युक्रेनप्रतिको ऐक्यबद्धता मात्र होइन, रूसमाथि कूटनीतिक दबाब सशक्त बनाउने विश्वास गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्