काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम सेयरधनीहरूले आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्