काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ लाख ३१२.४८ कित्ता हकप्रद सेयर १स्०।४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
प्रतिक्रिया दिनुहोस्