काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षि गर्ने आज माघ २४ गते अन्तिम दिन सहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रबार बुक क्लोज गर्ने भएको हाे ।
सभा फागुन ११ गते अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजेदेखि आव्हान गरेको हो । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने बताएको छ । प्रचलित कानूनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्