Skip to content
Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (चैत २६ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्कासन गरेको थियो ।

चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ९१ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्व: पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्कासन गरेको हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकोे छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्