Shikhar Insurance
National Life

बलेफी हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १९, सोमबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावरले सेयरमा आवेदन दिने आज अन्तिम दिन रेहको छ । कम्पनीले आज फागुन ५ गते देखि १७ लाख ९८ हजार ६ सय ५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १ सय ९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५ सय ७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुंगा पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्