Skip to content
Shikhar Insurance
National Life

पियोर इनर्जीको आइपीओ आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आइपीओमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्