Skip to content
Shikhar Insurance
National Life

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिन आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्य १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो ।

कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ। उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्