Skip to content
Shikhar Insurance
National Life

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओमा आवेदन दिने आज अन्तिम दिनरहेको छ । कम्पनीले फागुन २२ गतेदेखि साढे १८ लाख ४५ कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १ सय रुपैयाँमा २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो मध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो। यस आइपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्