Skip to content
Shikhar Insurance
National Life

तीनकुने घटना: पत्रकार रजक जलेको घरमा देखा परेकी एनी कुँवर पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, ‘पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो ।’

GBIME

प्रतिक्रिया दिनुहोस्