Skip to content
Shikhar Insurance
National Life

राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयो: अध्यक्ष दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।

आइतबार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्‍याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे ।

यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्‍याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो । उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारे ।

उनले भने, ‘हरेक पटक वाइसिएल नेपालका भेला वा सम्मेलनमा उपस्थित हुँदै गर्दा उर्जा, भरोशा र आशा जाग्ने गर्दछ । आजपनि हामीलाई उर्जा प्रदान गरेको छ । वाइसिएल नेपाललाई हामीले सहायक संगठटनको रुपमा व्याख्या गर्नुभयो । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित भएको मान्यता मात्र हो । सहायक संगठन मात्र होइन, यसलाई कम्युनिष्ट पार्टीको उत्तराधिकारीहरुको संगठन पनि भनेर चिन्नुपर्छ । कम्युनिष्ट नेताहरु तयार पार्ने कारखानाको रुपमा पनि वाइसिएललाई चिनिन्छ । सहायक संगठनमात्र हैनौं नेता बन्ने तयारीमा छौं भनेर बुझ्नु नै वाइसिएलको भुमिका र जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्न चाहन्छु ।’

‘अहिले जसरी प्रतिगमनकारीहरुले राजाको बारेमा तर्क गर्न थालेका छन् । तर, तदारुकताकासाथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा छाडा हुन थालेका हुन् कि भन्ने परेको छ । हिजो २५० वर्षसम्म शासन गरेर के दियो । नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौं । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मुर्ती चोरेर विदेश पुराउनेपनि यिनै हुन् । तस्करहरु को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ । विकासका विषयमा पनि तथ्यसहित जनतालाई बुझाउनुपर्ने समय भयो । त्यसैले राजावादीले फैलाउन खोजेका भ्रम र जालझेलबारे जनतालाई बुझाउनैपर्ने भएको छ’ उनले बताए ।

अध्यक्ष दाहालले माओवादीविरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेत लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्