तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो ।
ती सडक ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।
लाब्दी–घुमाउने सडकमा स्थानीयले सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ योगदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्