Skip to content
Shikhar Insurance
National Life

आँपको बजारीकरण र प्रवर्द्धन गर्न तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट-२०२५’ हुँने भएकाे छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

तराई मधेशमा उत्पादन गरिएका नेपाली ऑपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते दिउँसो १ बजे हुँदै छ । वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।

के छन् कार्यक्रमका आकर्षण ?

– १० भन्दा बढी प्रजातिका ऑपहरू प्रदर्शनीमा

– ५ भन्दा बढी प्रजातिका ऑपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने (माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया)

– २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू (सहकार्य गरेका रेस्टुरेन्टहरूमा)

– सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरु ।

३ दिनसम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ । यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE