Shikhar Insurance
National Life

‘समाज बदल्न उपदेश दिनेले पहिला आफैँलाई बदल्नुपर्छ’ मन्त्री कँडेल

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १२:४५
Hyundai
NCELL
NIMB

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफैँ बदलिन सुझाव दिएका छन् ।

ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले युवाहरुलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिए । मुख्यमन्त्री कँडेलले भने, ‘युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरु लाग्नुपर्दछ ।’

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उनले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताए ।

आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरुले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्