काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ मा पुगेको हो ।
सोमबार ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज भूगोल इनर्जीको ७.४७ प्रतिशत, मिथिला लघुवित्तको ५.२३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.११ प्रतिशत, मानुषी लघुवित्तको ३.०५ प्रतिशत सहित ९४ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्