Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ मा पुगेको हो ।

आइतबार ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आइतबार सामुदायिक लघुवित्तको ८.१९ प्रतिशत, बिशाल बजार कम्पनीको ५.३४ प्रतिशत, आरएसडीसी लघुवित्तको ४.४३ प्रतिशत, अप्पर हेवा खोला हाइड्रोपावरको ४.१८ प्रतिशत सहित ५६ कम्पनीको सेयर बढेको छ ।

त्यसैगरी, आज ग्रिन डेभलपमेन्ट बैंकको ७.९१ प्रतिशत, पीपुल्स हाइड्रोपावरको ७.३३ प्रतिशत, वीन नेपाल लघुवित्तको ६.६३ प्रतिशत, प्रभु इन्स्योरेन्स कम्पनीको ६.३७ प्रतिशत सहित २३७ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्