Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.६६ अंकले बढेर २७५५.४० मा पुगेको हो ।

आइतबार ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार गार्डियन माक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज कुमारी सबल योजनाको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ८.०२ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को ७.२९ प्रतिशत सहित १३० कम्पनीको सेयर बढेको छ ।

आइतबार रिलायन्स फाइनान्सको ७.२४ प्रतिशत, उपकार लघुवित्तको ६.७९ प्रतिशत, पीपुल्स हाइड्रोपावर कम्पनीको ६.०२ प्रतिशत सहित १७९ कम्पनीको सेयर घटेकोे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्