काठमाडौं । नेपालमा तुलनात्मक रुपमा बैंकहरुमाथीको लगानी सुरक्षित र पारदर्शी मानिन्छ । तर पछिल्लो समय बैंकहरुको घट्दो नाफा, बैंकर र व्यवसायी छुट्याउने राष्ट्र बैंकको योजनाले बैंकमा लगानीहरु निराश बन्ने गरेका छन् । बैंकहरुले पहिले जस्तो नाफा आर्जन गर्न छाडेपछि अधिकांस लगानीर्कताहरु प्रोमोटर सेयर नै बिक्री गर्ने तर्खर गरिरहेका छन् ।
खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंकले पनि एकपछि अर्को कडा नियमनकारी व्यवस्था गर्दै आएको छ । सर्वसाधारणको खर्बौं निक्षेप लिएर लगानी गर्ने मुख्य काम बैंकहरुको हो । यसरी जोखिम लिएर २० वाणिज्य बैंकहरुमा विभिन्न व्यक्ति तथा संस्थाहरुले लगानी गरेका छन् । यस्ता छन्, वाणिज्य बैंकहरुमा लगानी गर्ने ठूला लगानीकर्ताहरु-
कुन बैंकमा कसको कति छ सेयर लगानी ?
कृषि विकास बैंक
यस बैंकमा ०.५ प्रतिशतभन्दा माथि सेयर लगानी भएका लगानीकर्ताहरु जम्मा ३ जना रहेका छन् । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको १.३९ प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत सेयर लगानी रहेको छ ।
नेपाल बैंक
नेपाल बैंकको सेयरमा पनि जम्मा ३ व्यक्ति तथा संस्थाहरुको लगानी रहेको छ । बैंकमा ०.५ प्रतिशतभन्दा धेरै सेयर लगानी गर्नेहरुमा नेपाल सरकार, प्रभु लाइफ इन्स्योरेन्स र कर्मचारी सञ्चय कोष रहेका छन् ।
यस बैंकमा नेपाल सरकारको ५१ प्रतिशत, एम्प्लोई प्रोभिडेन्ट फण्डको ३.६४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत सेयर लगानी छ ।
राष्ट्रि वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकमा अधिकांस सेयर लगानी नेपाल सरकारको रहेको छ । सबैभन्दा धेरै लगानी अर्थमन्त्रालयको छ । यसैगरी महालेखा नियन्त्रक कार्यालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लागनी छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशु पंक्षी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागनी छ । कुल १५ करोड ६३ लाख ७३ हजार ७ सय ७० कित्ता मध्ये सरकारको मातहतमा मात्रै १५ करोड ६३ लाख ३० हजार ७ सय ३४ कित्ता सेयर छ । यस्तै, ४३ हजार ३६ कित्ता सेयर सर्वसाधारणको नाममा छ ।
सिटिजन्स बैंक
यस बैंकमा नागरिक लगानी कोषको ३.३५ प्रतिशत, उर्मिला पाण्डेको ३.३० प्रतिशत, बिजेन्द्र जोशीको १.५९ प्रतिशत, मनोहर दास मूलको १.३७ प्रतिशत, दिग्विजय बिष्टको १.३० प्रतिशत सेयर लगानी रहेको छ ।
त्यस्तै, बैंकमा तारा विष्टको १.३० प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत र रमेश शर्माको १.२ प्रतिशत सेयर हिस्सा रहेको छ भने सोनी जोशीको ०.९४ प्रतिशत, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.७३ प्रतिशत सेयर लगानी रहेको बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको कुल सेयरमा १४.७७ प्रतिशत प्रतिमा श्रेष्ठको स्वामित्वमा रहेको छ भने ९.१८ प्रतिशत विष्णु कृष्ण श्रेष्ठको स्वामित्वमा रहेको छ । त्यसैगरी, रवि कृष्ण श्रेष्ठको स्वामित्वमा १.८८ प्रतिशत, किरणकृष्ण श्रेष्ठको स्वामित्वामा १.८८ प्रतिशत, शान्त देव पाठकको स्वामित्वमा १.१८ प्रतिशत, अरुणमान शेरचनको स्वामित्वमा ०.९५ प्रतिशत र होटल स्नो लिओनको स्वामित्वमा ९.३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यस्तै, सार्वजनिक सेयरधनीहरूको तर्फमा शान्त देव पाठकको ३.८८ प्रतिशत, अरुणमान शेरचनको २.२५ प्रतिशत, रवि कृष्ण श्रेष्ठको०.८५ प्रतिशत, किरण कृष्ण श्रेष्ठको ०.७६ प्रतिशत, आनन्द रत्न तुलाधरको ०.७६ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.५२ प्रतिशत सेयर हिस्सा बैंकमा रहेको छ ।
त्यसैगरी, बैंकमा पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत सेयर लगानी रहेको छ ।
ग्लोबल आइएमई बैंक
यस बैंकमा कर्मचारी संचय कोषको ४.७४ प्रतिशत, आइएमई होल्डिङ्गस प्रालिको २.७८ प्रतिशत, आइएमई इन्भेष्टमेन्ट प्रालिको २.५१ प्रतिशत, सुमित कुमार अग्रवालको १.४० प्रतिशत, विष्णुप्रसाद न्यौपानेको १.४१ प्रतिशत, मङ्गल कलश इनभेष्टमेन्ट प्रालिको १.२४ प्रतिशत र कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको १.१५ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यसैगरी, बैंकमा उत्तम कुमार नेपालको ०.९५ प्रतिशत, नागरिक लगानी कोषको ०.९२ प्रतिशत, रण बहादुर शाहको ०.७८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट प्रालिको ०.७४ प्रतिशत, होमल्यान्ड डेभलपर्सको ०.७३ प्रतिशत र हेमराज ढकालको ०.६७ प्रतिशत सेयर हिस्सा रहेको छ ।
हिमालयन बैंक
यस बैंकको सेयरमा विभिन्न व्यक्ति तथा संस्थाको सेयर लगानी रहेको छ । बैंकमा हबिब बैंक लिमिटेडको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनी प्रालिको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङको ७.६६ प्रतिशत, अभा इन्टरनेशनलको ७.४६ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यस्तै, बैंकमा छाँया इन्टरनेशनलको ५.७८ प्रतिशत, प्रदीपजंग पाण्डेको १.९८ प्रतिशत, शशिकान्त अग्रवालको १.७१ प्रतिशत, इच्छाराज तामाङको १.३६ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १.२५ प्रतिशत, एशियन इन्भेष्टमेन्ट एन्ड ट्रेडिङ कम्पनीको ०.७७ प्रतिशत, रीता मल्लको ०.७३ प्रतिशत सेयर लगानी छ ।
त्यसैगरी, बैंकमा ०.५ प्रतिशतभन्दा माथि सेयर हिस्सा रहनेमा प्रभा गोयनका भीमसारियाको ०.६७ प्रतिशत, अम्बिका शाहको ०.६१ प्रतिशत, विजया इनरनेसनलको ०.५४ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकले देखाएको छ ।
कुमारी बैंक
कुमारी बैंकमा अन्य संस्थाहरूहरुको १५.०७ प्रतिशत र पब्लिकको ८४.९३ प्रतिशत सेयर हिस्सा रहेको बैंकको वार्षिक प्रतिवेदनमा देखाएको छ ।
लक्ष्मी सनराइज बैंक
यस बैंकमा ३६ जनाको सेयर ०.५ प्रतिशत भन्दा माथि रहेको छ । बैंकमा १६ जनाको मात्रै १ प्रतिशतभन्दा माथिको सेयर हिस्सा रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको ७.७८ प्रतिशत, नागरिक लगानी कोषको ४.६३ प्रतिशत, सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यसैगरी, बैंकमा मोतीलाल दुगरको २.७७ प्रतिशत, मालचन्द दुगरको २.९० प्रतिशत, रतनलाल संघाईको २.३९ प्रतिशत, गोपी कृष्ण सिकरियाको २.३५ प्रतिशत सेयर लगानी रहेको छ भने राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, हिमालयन एक्जिम प्राइभेट लिमिटेडको १.९७ प्रतिशत, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत, श्रवणकुमार गोयलको १.६१ प्रतिशत, सुरेन्द्र दुगरको १.४१ प्रतिशत, विवेक दुगरको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्टको १.२८ प्रतिशत सेयर हिस्सा रहेको छ ।
त्यसैगरी, बच्च राज टाटरको १.१५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ०.९९ प्रतिशत, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत, निधि दुगरको ०.८४ प्रतिशत, पुजा दुगरको ०.७९ प्रतिशत, श्रद्धा दुगरको ०.७८ प्रतिशत, विशाल टाटरको ०.७७ प्रतिशत, सौरभ टाटरको ०.७७ प्रतिशत सेयर रहेको छ ।
माछापुच्छ्रे बैंक
बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकमा कर्मचारी सञ्चय कोषको २४ प्रतिशत, उपेन्द्र महतोको ९.१४ प्रतिशत, प्रेमकुमारी केसीको ८.६८ प्रतिशत, पीकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.०७ प्रतिशत, राम आशिष साहु सुडीको ४.२४ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यसैगरी, बैंकमा डा धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको १.७८ प्रतिशत, सुरेन्द्र महतोको १.७१ प्रतिशत, करण मोटर कम्पनीको १.५१ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत सेयर हिस्सा रहेको छ भने किरण केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत, राम जानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियमको ०.९९ प्रतिशत, आपूर्तिकर्ता प्राइभेट लिमिटेडको ०.९३ प्रतिशत, गणेश बहादुर श्रेष्ठको ०.९१ प्रतिशत र एसोसिएटेड अटोमोबाइल्सको ०.७७ प्रतिशत सेयर लगानी रहेको छ ।
नबिल बैंक
नबिल बैंकको साधारण सेयरतर्फ ३९.४४ प्रतिशत सेयर एनबी (ईन्टरनेशनल) को स्वामित्वमा रहेको छ भने ७.७७ प्रतिशत, आईएफआईसी बैंक पीएलसीको स्वामित्वमा, ७.६३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको स्वामित्वमा रहेको छ भने ०.७० प्रतिशत निर्वाण कुमार चौधरीको स्वामित्वमा र ०.६७ प्रतिशत वरुण चौधरीको स्वामित्वमा रहेको छ ।
एनआइएमबी बैंक
बैंकमा ५ व्यक्ति तथा संस्थाको सेयर लगानी ०.५ प्रतिशत भन्दा माथि रहेको छ । बैंकमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ६.७३ प्रतिशत, महालक्ष्मी इन्भेष्टमेन्टको ३.९६ प्रतिशत, छाँया इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयुपी इमभेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत, नागरिक लगानी कोषको १.३२ प्रतिशत सेयर लगानी रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाएको छ ।
त्यस्तै, बैंकमा अन्नपूर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इन्फोसिसको ०.७४ प्रतिशत, प्रेस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत र नोबल इन्भेष्टमेन्टको ०.७० प्रतिशत सेयर लगानी रहेको छ ।
नेपाल एसबीआई बैंक
एसबीआई बैंकमा सबैभन्दा धेरै लगानी स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत लगानी छ । यस्तै, इम्पोइमेन्ट प्रोभिडेन्ट फन्डको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी छ ।
एनआइसी एशिया बैंक
यस बैंकमा ०.५ प्रतिशतभन्दा माथि सेयर लगानी भएका लगानीकर्ताहरु २६ जना रहेका छन् । बैंकमा सबैभन्दो धेरै अशोक कुमार अग्रवालको लगानी रहेको छ । बैंकमा अग्रवालको ६.१८ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यसैगरी, त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०१ प्रतिशत सेयर हिस्सा छ ।
त्यस्तै, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघईको २ प्रतिशत, अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्दलाल संघईको १.९२ प्रतिशत, तुलसीराम अग्रवाल, मज्जु अग्रवाल, संचिता अग्रवा र निकुञ्ज अग्रवालको १.७८ प्रतिशत सेयर हिस्सा यस बैंकमा रहेको छ ।
त्यसैगरी, नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत, वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९५ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत र कविता संघईको ०.८५ प्रतिशत रसेयर लगानी रहेको छ ।
एनएमबि बैंक
यस बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelingslanden NV (FMO) को १३.६९ प्रतिशत, कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत, योंग लियान रियल्टीको ४.२२ प्रतिशत, गायत्री इन्भेष्टमेन्ट एन्ड म्यानेजमेन्टको १.८२ प्रतिशत, नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत र सुनिल कुमार गोशालीको १.०४ प्रतिशत सेयर रहेको छ ।
त्यसैगरी, यस बैंकमा सुशील कुमार गोशालीले ०.९५ प्रतिशत, पवन कुमार गोल्यानले ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत, पुरुषोतम लाल सांघाईले ०.७१ प्रतिशत, पशुपति मुरारकाले ०.५८ प्रतिशत, सन्तोष राठीले ०.५८ प्रतिशत, दिन बन्धु अग्रवालले ०.५३ प्रतिशत र बलराम न्यौपानेले ०.५२ प्रतिशत सेयर लगानी गरेका छन् ।
प्रभु बैंक
प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र ४.९९ प्रतिशत सेयर लगानी रहेको छ । त्यस्तै, बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत, कर्मचारी सञ्चय कोषको २.५३ प्रतिशत, प्रभु ग्रुपको ०.९९ प्रतिशत, मिजास भट्टचनको ०.८ प्रतिशत, सुदीप आचार्य र अम्बिका शर्मा लामिछानेको ०.६ प्रतिशत, ज्ञानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत सेयर हिस्सा रहेको छ ।
त्यस्तै, यस बैंकमा स्वरूप गुरुङको ०.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको ०.५२ प्रतिशत, शिवम् सिमेन्टको ०.५१ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ०.५० प्रतिशत सेयर लगानी रहेको छ ।
प्राइम कमर्सियल बैंक
यस बैंकमा विभिन्न संस्था तथा व्यक्तिको सेयर हिस्सा रहेको छ । ती मध्ये ०.५ प्रतिशत भन्दा माथि सबैभन्दा धेरै सेयर लगानी लगानीकर्ता उमेश श्रेष्ठको रहेको छ । बैंकमा श्रेष्ठको २.४६ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यसैगरी, कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत, विनोद चन्द्र बरालको १.४४ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १.०६ प्रतिशत, कृष्ण पुरीको १.०३ प्रतिशत सेयर लगानी रहेको छ ।
त्यस्तै, अन्य लगानीकर्ताहरु विक्रम पाण्डेको ०.८७ प्रतिशत, सुशीला मित्तलको ०.७३ प्रतिशत, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत, शैलजा बज्राचार्यको ०.७० प्रतिशत, नरेन्द्र बज्राचार्यको ०.६८ प्रतिशत सेयर लगानी रहेको छ भने मनोहर दास मूलको ०.६७ प्रतिशत, श्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत, महेश राज कमिकरको ०.५६ प्रतिशत, जीवन बीमा निगम (नेपाल) लिमिटेडको ०.५६ प्रतिशत, श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत, चिरञ्जीवी द्वाको ०.५१ प्रतिशत र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत सेयर हिस्सा ओटगेको छ ।
सिद्धार्थ बैंक
बैंकमा प्रुडेन्सियल इन्भेष्टमेन्टको ३.२३ प्रतिशत सेयर लगानी रहेको छ । त्यसैगरी, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत सेयर लगानी यस बैंकमा छ ।
त्यसैगरी यस बैंकमा पवन कुमार अग्रवालले १.७६ प्रतिशत, सुवोध तोदीले १.५५ प्रतिशत, विरेन्द्र कुमार शाहले १.५४ प्रतिशत, अशोक कुमार बाहेटीले १.४८ प्रतिशत, नरपत सिंह जैनले १.४५ प्रतिशत, दिनानाथ केडियाले १.४१ प्रतिशत र आदित्य केडियाले १.३९ प्रतिशत सेयर लगानी गरेका छन् ।
सानिमा बैंक
०.५ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरुको आधारमा यस बैंकमा सबैभन्दा धेरै सेयर धारण गर्नेको पहिलो नम्बरमा अरुण कुमार ओझा रहेका छन् । उनले यस बैंकमा ७.९४ प्रतिशत सेयर धारण गरेका छन् । त्यसैगरी, अर्का सेयरधनी टेक राज निरौलाले ६.३९ प्रतिशत, जिवनाथ लामिछानेले ५.४४ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सले ४.५० प्रतिशत, विनय कुमार श्रेष्ठले ४.२७ प्रतिशत सेयर धारण गरेका छन् ।
त्यसैगरी, यस बैंकमा कर्मचारी संचय कोषको ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्टको ३.९७ प्रतिशत, खेमराज लामिछानेको ३.४७ प्रतिशत, घनश्याम थापाको ३.४६ प्रतिशत सेयर हिस्सा रहेको छ भने राम कृष्ण शाहको ०.४९ प्रतिशत, सोनम ग्यात्सोको ०.९२ प्रतिशत, दिलीप श्रेष्ठको ०.७५ प्रतिशत, शाम्बा लामाको ०.७३ प्रतिशत र गीता क्षेत्रीको ०.६१ प्रतिशत सेयर हिस्सा रहेको छ ।
स्टान्डर्ड चाटर्ड बैंक
यस बैंकको ४६.८१ प्रतिशत सेयर हिस्सा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज प्रालिले ओगटेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेको २३.४० प्रतिशत सेयर रहेको छ । त्यसैगरी, बैंकमा शशि अग्रवाल, प्रियंका अग्रवा, कोमल अग्रवाल र अविनाश अग्रवालको प्रतिव्यक्ति ०.७० प्रतिशत र शंकरलाल अग्रवालको ०.६६ प्रतिशत सेयर लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्