काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ मा पुगेको हो ।
बुधबार ३ सय ९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार दोहोरो अंकले घटेपनि नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ७६ लाख ३९ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९ सय ९८ रुपैयाँ पुगेको छ ।
साथै, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्टबैंकको सर्वाधिक करोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्