काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले बढेर २७४३.७४ को बिन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार ३ सय ९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको ६५ करोड ६६ लाख बढी कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ ।
साथै, सिईडीबी, एनआरएन इन्फ्रास्ट्रक्चर, नारायाणी डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्