काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उनले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन् ।
उनले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए ।
सहमति गरिसकेर मात्रै सभँ सञ्चलन गर्न आग्रह गर्दै भने, ‘आज अर्थमन्त्रीज्यु बजेट प्रश्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्त्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नारबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’
उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्