काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गरेका छन् । सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै आगामी बजेटमा सम्मानित भरिया बीमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा प्रविधि र सरकारको पँहुच, ट्रेकिङ रुट नमासी सडक बनाउने, थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउने विषय समेटिने आग्रह गरेका हुन् ।
‘हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा’सँग सम्बन्धित पत्रमा महामन्त्री शर्माले सो आग्रह गरे । यसअघि महामन्त्री शर्माले सगरमाथा आधार शिविरबाट प्रधानमन्त्री ओलीलाई ‘जलवायु परिवर्तन र न्याय: नेपालले गर्नुपर्छ नेतृत्व’ विषयसम्बन्धी पहिलो पत्र लेखेका थिए ।
उनले सोलुखुम्बुको लुक्लादेखि बेस क्याम्पसम्म र बेस क्याम्पदेखि ‘क्याम्प ३’ को नजिकसम्म पुग्दैगर्दा उनले त्यहाँ आफूले देखेका समस्या, अभाव र चुनौती बारेमा प्रधानमन्त्री ओलीलाई पत्रमार्फत अवगत गराउनुभएको जानकारी दिए ।
उनले सगरमाथा र अन्य सबै हिमाललाई जलवायु परिवर्तनको चपेटाबाट जोगाउने सङ्कल्पसाथ सुरु ‘सगरमाथा संवाद’ विस्तारित गरेर नेपालले यो ‘एजेन्डा’मा विश्वस्तरीय नेतृत्व लिनुपर्ने उल्लेख गरेका छन् ।
‘अविलम्ब निर्देशन होस्, बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनु नै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, यो बजेटमा हिमाल देख्न पाइयोस्’ । महामन्त्री शर्माको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्